विदेश पठाइदिने प्रलोभनमा १४ लाख ६० हजार ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने प्रलोभनमा १४ लाख ६० हजार ठगी गर्ने दुई जना पक्राउ

125 arested kaski police

पोखरा । विदेश पठाइदिने भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितहरूसँग सम्पर्क गरी आफू कानुन व्यवसायी भएको र श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको बताउँदै विदेशमा रोजगारीको व्यवस्था मिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार आरोपीहरूले पोल्याण्डस्थित होटल तथा विभिन्न कम्पनीमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजरलगायत पदमा नेपाली कामदारको माग रहेको भन्दै विश्वास दिलाई ११ जनाबाट रु. १० हजारदेखि रु. २ लाखसम्म रकम लिएका थिए। यसरी जम्मा रु. १४ लाख ६० हजार ठगी गरिएको भन्ने जाहेरी परेको थियो।

उक्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते  पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर निवासी ३४ वर्षीया कल्पना नहर्की पौडेल र घटनामा संलग्न जिल्ला मुगु खप्तड गाउँपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. ६ बस्ने २८ वर्षीय बिरेन्द्र रावतलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा म्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै