टाइगर कपमा पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

टाइगर कपमा पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

police vs maldives (1)

पोखरा । टाइगर कप  भलिबलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

अब पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ खेल्नेछन् । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् । यसअघि आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

भर्खरै