पोखरा । पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी हुने बिहीबार पोखरामा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहका अनुसार प्रतियोताको तयारी अन्तिम चरण पुगेको छ । साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो ।
कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु—१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ रहनु भएको छ । महिला साफमा सहभागी हुने टिमलाई पोखाको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ ।