तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत म्याग्दे गाउँपालिका वडा नं. २, जामुने बजारमा रहेको राधा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर बैंकले शनिबार विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, जामुने शाखा प्रमुख विश्वराज पौडेल तथा शाखाका सम्पूर्ण कर्मचारीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप रानाभाट र प्रधानाध्यापक अशोकचन्द्र वाग्लेलाई हस्तान्तरण गरी सम्पन्न गरिएको थियो।

कार्यक्रममा राधा माध्यमिक विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
