माल्दिभ्स भलिबलमाथि गण्डकीको शानदार जित

टाइगर कप

माल्दिभ्स भलिबलमाथि गण्डकीको शानदार जित

Gandaki Vs Maldives photo (2)

पोखरा । टाइगर कप भलिबलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि शानदार जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा गण्डकीले माल्दिभ्समाथि ३–० को शानदार जित दर्ता गराएको हो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हाे ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग ३–१ को सेटमा पराजित भएका गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । माल्दिभ्सले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि माल्दिभ्स त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । महिलातर्फकै अर्काे खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

प्रतिक्रिया