पोखरामा टाइगर कप जारी, पुलिसको विजयी सुरुवात

पोखरामा टाइगर कप जारी, पुलिसको विजयी सुरुवात

Tiger cup Second Day First news photo

पोखरा  पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ ।

पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोरेको छ । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित हुनुभयो । आजको दोस्रो खेल महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुने तालिका छ । दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका छन् । सिंगल राउन्ड रोबिनको आधारमा भएको खेलमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया