पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी भएका । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमण्ड विजयी भए । आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्यो ।
आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्यो । महिलातर्फ आर्मी न्यु डायमण्डसंग पराजित भयो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्यो । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् ।
च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । टाइगर कपको याे छैटाैं संस्करणा हो ।