त्रिशूलीमा गडेको बस निकाल्न कटिङ आवश्यक : विज्ञ

त्रिशूलीमा गडेको बस निकाल्न कटिङ आवश्यक : विज्ञ

bus photo

चितवन। डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिाका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस  दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो ।

बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न सकेको छैन । नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्राविधिक टोली नियमित बस निकाल्न लागे पनि निकाल्न नसकिएको हो । नेपाली सेना नयाँ सबुज गणका क्याप्टेन दिपराज राउत भौगोलिक कठिनाई, उपकरणको अभावमा बस निकाल्न नसकिएको बताउनुहुन्छ । “बस भेटिएको ठाउँ भौगोलिक दृष्टिले कठिन ठाउँमा छ । त्यहाँ सजिलै थप ठुला उपकरणहरु लैजान पनि सकिदैन । अहिलेकै उद्धार प्रणलीले बसलाई निकाल्न पनि सकिदैन” उहाँले भन्नुभयो ।

चितवन र तनहुँका सेनासगै प्रहरी र सशस्त्र प्रहरी उद्धारमा छन् । बस निकाल्न क्रियाशिल सशस्त्र प्रहरीका हवल्दार गोताखोर ललित बहादुर खाम्चाले नदी गहिराई भन्दा तल्लो भागसम्म बस पुरिएको र बस भित्र बालुवा  भरिएकाले निकाल्न गाह्रो भएको जानकारी दिनुभयो ।

“तनहुँका टायर कान्छा भन्ने प्राविधिको टोली र बुटवलको प्रविधिका टोलीले बस निकाल्ने प्रयास गरे पनि त्यो सहज अवस्थामा निकाल्न सकिएन”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले टायर कान्छाको टोलीले चेन पुल्ली र घिर्नीको साहराले वस निकाल्न लागेको थियो भने बुटवलको प्राविधिक टोलीले हाइड्रोलिगको माध्यमवाट वस निकाल्न लागेको थियो । तर त्यो असफल भएको छैन ।

२०८१ असोज २८ गते ६५ यात्रु बोकेको बाग्मती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । सो बसमा सवार २३ जनाको मृत्यु र ३९ जना बेपत्ता छन् । बेपत्ता बसमध्ये गणपति डिलक्सको बस सिमलताल नजिकै तनहुँ तर्फी भागमा त्रिशूली नदी किनारमा गत पुस २७ गते फेला परेको थियो । अहिले वस निकाल्न भइरहेको प्रयास असफल भएपछि प्राविधिक टिम पनि उदास भएका छन् ।

प्रतिक्रिया