नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना

नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना

police 1

पोखरा । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना गरिएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर पोखरा २७ तालचोक नजिकै सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालयको पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले मंगलबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कार्यालय स्थापनाका लागि निशुल्क रुपमा घरको एक तला उपलब्ध गराउने संस्थाका उपाध्यक्ष यमबहादुर रानाभाट र उहाँको परिवारलाई सम्मान गरिएको थियो । संस्थाको विकासमा योगदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रीप्रसाद गुरुङले अवकासपछि पनि पूर्वप्रहरीहरुको सामाजिक कार्यमा देखिएको सक्रियता लोभलाग्दो भएको बताउँदै पूर्वप्रहरी संगठनले गर्ने सामाजिक कार्यमा वडाको साथ रहने बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्ण तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा डाडाँकोनाक प्रहरी कार्यालयका प्रमुख डिएसपी गुणराज बुढाथोकी, नेपाल पूर्वप्रहरी संगठन कास्कीका अध्यक्ष धर्मदत्त पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, लेखनाथ इकाइका संस्थापक अध्यक्ष मधुकर न्यौपाने, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा खनाल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अवकासपछि पनि समाज, शान्ति र नागरिक हितका क्षेत्रमा सक्रिय रहनु उदाहरणीय कार्य भएको बताउँदै स्थापना भएको कार्यालयले पूर्वप्रहरी संगठन र समुदायबिच सेतुको काम गर्ने बताउनुभएको थियो ।

१३ जना सदस्यबाट सुरु भएको लेखनाथ इकाइमा अहिले ९८ जना सदस्य रहेको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव युद्धबीर खड्काले गर्नुभएको थियाे ।

प्रतिक्रिया