पोखरा । पोखरा महोत्सवको १४ औं संस्करण भोलिदेखि पोखरामा सुरु हुँदैछ । माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाइटेड क्लबले जानकारी दिएको छ । क्लबको स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।पोखरा महोत्सवबाट युनाइटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्रावास निर्माणको काम अगाडि बढेको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने छ । यो सँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।
रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रा.लि.को बेटर मुख्य प्रायोजक रहेको १४औं संस्करणको पोखरा महोत्सवको सहप्रायोजकमा सिटिजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एन्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल र पोखरा सेकुवा घर रहेको छ ।
महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, ग्रुमिङ पार्टनरमा बबि ब्यूटी सलुन एन्ड ट्रेनिङ सेन्टर, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, इन्टरनेट पार्टनरमा भायानेट, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिंङकिङ वाटर सोल्टी, अफिसियल एयरलायन्समा यति एयरलायन्स रहेका छन् । त्यसैगरी विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, अमरसिंह मा.वि. र सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको छ ।

महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरी पुरस्कृत गरिनेछ ।
त्यसैगरी महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजन रहने भएको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३०% छुट प्रदान गर्नेछ ।
फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा मेडिकल पार्टनरको रुपमा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट प्राथमिक उपचारको व्यवस्था गर्नेछ र कान्तिपुर डेन्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टिच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपंैयाँ पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाइन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन । महोत्सवको मोबाइल एप पार्टनर बी पोखरा पोखरेलीहरुको लागि बनाइएको एपको उद्घाटन समेत महोत्सवको उद्घाटन समारोहमा गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाई निशुल्क प्रवेश गराइने छ ।
१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहेका छन भने महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन् ।
महोत्सवको उद्घाटन समारोहमा नेपालको लोकप्रिय अभिनेता विपीन कार्की र विजय बरालको उपस्थिति रहने छ । त्यसैगरी माघ ९ गते नेपालकै उत्कृष्ट एमएमए कोच दिविज पिया लामाको उत्प्रेरणादयी प्रस्तुतिलाई दर्शकमाझ प्रस्तुत गरिने छ । महोत्सवकै उद्घाटनको दिन पोखराका विश्व साइकल यात्री अजित बराल र नेपालकै विभिन्न ग्रामीण भेग र पर्यटकीय क्षेत्रहरुलाई सामाजिक सञ्जालको मार्फतबाट पर्यटनमा टेवा पु¥याउने पोखराकै मुना केसीलाई पनि सम्मान गरिने कार्यक्रम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्यान्डहरुको प्रस्तुति रहने छ ।
त्यसैगरी हास्य ब्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता, छेलो÷ठेलो प्रतियोगिता, झाँकी प्रदर्शनी रहनेछन् । त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता, विद्यार्थीले निर्माण गरेका शैक्षिक प्रदर्शनी र विभिन्न मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निःशुल्क प्रदान गरिएको छ ।