रुपन्देही । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने भएको छ । लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई उम्मेदवार बनाउने निश्चित भएको एमालेका एक नेताले जानकारी दिए । झाँक्रीले गुल्मीको क्षेत्र नं २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् । तर त्यहाँको क्षेत्रीय कमिटीले अहिलेको अवस्थामा उपाध्यक्ष गोकर्ण विष्टलाई नै अघि सार्ने निर्णय गरे पछि उनीसहितका आकांक्षीले केन्द्रबाट सोही क्षेत्रको लबिङ गर्दै आएका छन् ।

मङ्गलवार राती एक्कासि उनलाई राष्ट्रिय सभामा जानका लागि पार्टी हेड क्वाटरबाट प्रस्ताव आएको हो । त्यसअघि बाँकेकी शान्ता ढकालको नाम आएको थियो । तर अन्तिम समयमा झाँक्रीको नाम आएको हो । बाँकेकी ढकालले बुधवार मनोनयन दर्ताका लागि निकटस्थहरूलाई खबर गरेकी थिइन् ।रामकुमारी निकट स्रोतले पार्टीबाट त्यो प्रस्ताव आएको स्वीकार गरेको छ ।