सिंहदरबार जान इन्कार गरेका केपी ओलीले घरमै बुझाए लिखित बयान

सिंहदरबार जान इन्कार गरेका केपी ओलीले घरमै बुझाए लिखित बयान

kp oli

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जाँचबुझ आयोगलाई आफ्नो बयान दिएका छन् । आयोगले सोधेका प्रश्नहरुको जवाफ ओलीले लिखित रुपमै उपलब्ध गराएका हुन् ।

आयोग सम्बद्ध स्रोतका अनुसार, ओलीले आफ्नो धारणा राखेको पत्र लिएर आयोगको टोली फर्किसकेको छ । सुरुमा सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन ओलीले अस्वीकार गरेका थिए । तर, पछि उनले आफ्नो अडानमा केही लचकता देखाउँदै भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा आयोगको टोली आए चिया खुवाएर पठाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

ओली निकटका व्यक्तिहरुसँगको समन्वय र सङ्केतपछि आयोगको टोली पत्र बोकेर उनलाई भेट्न पुगेको थियो । “आयोगले पत्र काटेलगत्तै उहाँ आफ्नो भनाइ राख्न तयार हुनुभयो,” स्रोतले भन्यो, “त्यसपछि टोलीले उहाँको स्टेटमेन्ट लिएर आएको हो ।” ओलीले मौखिक रूपमा मात्र नभई ६० भन्दा बढी प्रश्नहरूमा केन्द्रित रहेर लिखित जवाफ पेस गरेको बुझिएको छ । आयोगले विभिन्न व्यक्तिहरुसँग लिएको बयान र संकलित प्रमाणका आधारमा ती प्रश्नहरु तयार पारेको थियो ।

बयानको प्रक्रियालाई आयोगले निकै गोप्य राखेको छ । पदाधिकारीहरुले सोधिएका प्रश्न र ओलीले दिएको जवाफबारे विस्तृत जानकारी दिन चाहेका छैनन् । निकै सतर्कताका साथ पत्र तयार पारेर आयोगको टोली ओलीसँग बयान लिन पुगेको थियो । “हाम्रा साथीहरू स्टेटमेन्ट लिएर फर्किसक्नुभएको छ, उहाँले तिनै ६० प्रश्नको वरिपरि रहेर आफ्नो दृष्टिकोण दिनुभएको हुनुपर्छ,” स्रोतले थप जानकारी दियो ।

प्रतिक्रिया

भर्खरै