पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा युवा पत्रकार धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।

त्यस्तै, ‘तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार’ बाट काठमाडौंकी इच्छा गुरुङ पुरस्कृत भइन् । उनले १२ हजार ५०१ रुपैयाँ प्राप्त गरिन् । लमजुङकी खुसीमाया गुरुङले ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, चितवनकी सूचना गुरुङले ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ र सुनसरीका रबिन गुरुङले ‘सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । यी तीनै पुरस्कारको राशि जनही १० हजार १ रुपैयाँ रहेको छ । कार्यक्रममा ‘गुरुङ न्युज डटकम’ को लोकार्पणसमेत गरिएको थियो ।
