राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा

WhatsApp Image 2025-12-23 at 10.43.14 AM

पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गते सम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगितामा ४ विदेशीसहित १४ टिमको सहभागिता रहनेछ । टाइगर कपमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजराँत भलिबल क्लब भारत सहभागी हुनेछन् । महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्बल, टिप टप न्यु डायमन्ड युथ स्पोटर्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र थाइल्यान्ड क्विन्स सहभागी हुने शर्माले बताउनुभयो ।

प्रतियोगितामा दुबै तर्फका विजेतालाई ६ लाख ६६ हजार ६ सय ६६, उपविजेतालाई ३ लाख ६६ हजार ६ सय ६६, तेस्रोलाई १ लाख ६६ हजार ६ सय ६६ रुपियाँ प्रदान गरिनेछ । पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ र विधागत रुपमा विजेता खेलाडीलाई ११ हजार ६ सय ६६ नगद प्रदान गरिने शर्माको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न करोड ८० लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रतियोगालाई सफल बनाउन मुल समितिको साथै विभिन्न १४ वटा उपसमिति बनाएर तयारी थालिएको प्रतियोगिताका सहसंयोजक डोलराज पोखरेलले जानकारी दिनुभयो । गत वर्ष विजेतालाई ५ लाख ८५ हजार नगद प्रदान गरिएकोमा यसवर्ष वृद्धि गरिएको छ । पाँचौ संस्करणको टाइगर कपको पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले उपाधि जितेका थिए । पत्रकार सम्मेलनका सञ्चालन सचिव डिबी नेपालीले गरेका थिए ।

प्रतिक्रिया

भर्खरै