नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम मोडमा

एमाले महाधिवेशन

नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम मोडमा

_cpn-uml-1

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया लगभग सम्पन्न हुने चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये अब थोरै मत मात्रै खस्न बाँकी रहेको छ।

मतदान हिजो बिहान ९ बजेदेखि सुरु भएको हो र राति पनि रोकिएको छैन। विद्युतीय मतदान मेसिन प्रयोग गरिएकाले एक जना प्रतिनिधिलाई मतदान गर्न ९ मिनेटदेखि २ घण्टासम्म समय लागेको नेताहरूले बताएका छन्। केन्द्रीय कमिटीका ३ सय १ वटै पदमा मत हाल्नुपर्ने व्यवस्था र प्रतिनिधिहरूले आफ्ना–आफ्ना प्यानलको सूची हेरेर मतदान गर्नुपर्ने भएकाले प्रक्रिया अपेक्षाकृत ढिलो भएको निर्वाचन समितिको भनाइ छ।

निर्वाचन समितिले मतदान सकिएपछि करिब ३ देखि ४ घण्टाभित्र मतगणनाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यसपटक केन्द्रीय कमिटीका ३ सय १ पदका लागि ६ सय ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महाधिवेशनमा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अलग–अलग प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। पदाधिकारीतर्फ अध्यक्ष पदमा २ जना, ५ उपाध्यक्ष पदमा ११ जना, महासचिव पदमा २ जना, ३ उपमहासचिव पदमा ७ जना र ९ सचिव पदमा २० जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया