एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज मतदान हुँदै

pic3_CNUGdhZB4F

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि  मतदान हुँदैछ ।  हिजो बेलुकादेखि नै सुरू हुने भनिएको मतदान स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पोखरेलले बताउनुभयो ।

उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया