बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा

बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा

buddha bishal

बुद्ध विशाल बजार

पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता टिकट नम्वरहरूमा ७१९४८,३८४६५,८६९८७,२७१२७,६८३०७ रहेका छन् ।
त्यसै गरि मंसिर महिनाको मासिक विशेष उपहार अन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरहरूमा ५२७०६,५३६६६,५७०६०,६३६२३ रहेका छन् ।

उपहार कार्यक्रममा एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले ग्राहकहरूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन निशुल्क उपलब्ध गराइएको उपहार योजना भदौ महिनाबाट सन्चालन गरेको एशोसियसनले मासिक विशेष उपहार अन्तरगत सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराउदै आएको र लक्की ड्र मार्फत् अन्तिम फाईनलमा ५ जनालाई २० हजारको सपिङ भौचर उपलब्ध गराईएको बताए । खत्रीले व्यवसायी साथीहरूको लागी संस्था नै ठुलो हुने भएको हुदा व्यक्ति ठूलो हुन नसक्ने बताउदै व्यवसायी साथीहरूमा एकरूपता भएमा संस्था बलियो हुने बताए ।

संस्थाका अध्यक्ष बुद्धि वहादुर कुँवरले चार दशक भन्दा लामो व्यवसायिक विरासत बोकेको पोखराको व्यपारिक थलो बुद्ध विशाल बजारले नाफामुखी भन्दा पनि गुणस्तरीय सामानहरु बिक्री गरेर सेवाको रुपमा व्यवसाय गरिरहेको बताउदै चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताए ।
अध्यक्ष कुँवरले उपहार कार्यक्रम भदौ महिनाबाट लागू गरि मंसिर २७ गतेसम्म सञ्चालन भएको र चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताए । संस्थाका सल्लाहकार माधव प्रसाद सिग्देलले विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको बताउदै पोखराको बुद्व विशाल बजार यस क्षेत्रमा नै सपिङ्गको लागि पहिलो रोजाईमा पर्ने गरेको बताए ।
संस्थाका सचिव शान्ति श्रेष्ठ जोशीले स्वागत मन्तव्य राखेकी थिई्न भने कार्यक्रम संस्थाका महासचिव थमन सिंह गुरूङले सन्चालन गरेका थिए । कार्यक्रमममा एशोसियसन सदस्यहरू मध्य सवैभन्दा धेरै उपहार कुपन बिक्री गर्ने व्यवसायीहरू डिजाएर कलेक्सनका सन्जय श्रेष्ठ लुंगी हाउसका लाल सिंह राना मगरलाई सम्मान गरिएको थियो ।


२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा १ सय ९१ सदस्य रहेका छन् । फेन्सी, कष्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगागतका सामान खरिद र बिक्री हुने गरेको बुद्ध विशाल बजारमा ३५ सय देखि ४ हजारलाई प्रत्यक्ष रोजगारी मिलेको छ ।

प्रतिक्रिया