पोखरामा प्रभातफेरी प्रदर्शन

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

पोखरामा प्रभातफेरी प्रदर्शन

human day photo

पोखरा । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी प्रदर्शन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।

पोखराको मानव अधिकारचोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढंगा, न्युरोड, सभागृह चोकहुँदै पुथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा मानवअधिकारकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षा निकाय, विभिन्न मानव अधिकारसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरी सहभागी भएकाहरुले मानव अधिकारको संरक्षण गर, सुशासन कायम गर, सुशासन नै विकासको कडी हो, भ्रष्टाचारको अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा बोल्दै उच्च अदालत पोखरामा मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले मानव अधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अधिकारको कुरा गर्दा कर्तव्यपनिसँगै आउने हुनाले अधिकार र कर्तव्यसँगसँगै भएको बताउनुभयो । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख नीतु गर्तौलाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया