कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आठौं वार्षिक साधारण सभा सम्पन्न 

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आठौं वार्षिक साधारण सभा सम्पन्न 

FB_IMG_1765173072134

गत आईतवार ३०, नोभेम्बर २०२५ का दिन भर्चुअल जुम मार्फत् कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको ८औ वार्षिक साधारण सभा कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभासद माननिय श्री सरस्वती गुरूङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा डायस्पोराका कस्केली विशिष्ट व्यक्तिहरू समाजका सँस्थापकहरू र संरक्षकहरूको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो, तेसै गरि अतिथीमा सल्लाहकारहरू, विश्वका विभिन्न देशमा सक्रिय कस्केली संघ संस्थाका प्रमुखहरूको उपस्थिती रहेको उक्त समारोहमा समाजका पूर्व कार्य समिती पदाधिकारीहरू, साथै अन्य आजिवन सदस्यहरू लगायत प्रतिनिधी कस्केली दिदिबहिनीहरू र दाजुभाइहरूको बाक्लो उपस्थिती रहेको थियो ।

परिषद अध्यक्ष शिव बहादुर बानियाको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली राष्ट्रिय गान का साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि समाजका वरिष्ठ उपाध्यक्ष विशाल ढुंगानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन महासचिव केदार कुँवर ले गर्नु भएको थियो ।

कार्यक्रम संचालनका क्रममा समाजका महासचिव कुँवरले विश्वभरि छरिएर रहेका कस्केलीहरू बिच अपनत्व र भाईचाराको अभिवृद्दिका उदेश्य तथा कास्की जिल्लाको समग्र विकासमा सहयोग पुर्याउने हेतुले “विश्वभरीका कस्केली खोजि अभियान, समृद्द जन्मथलो हाम्रो स्वाभीमान” भन्ने मुल नाराका साथ तत्कालिन कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद, नेपाल, हालको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद ०९ अक्टोबर २०१७ मा स्थापना भएको विसुद्द नाफा रहित सामाजिक सँस्था रहेको कुरा बताउँदै नेपालको पर्यटकीय जील्ला आफैमा सम्पुर्ण नेपाल र नेपालीहरूको गहनाको रूपमा रहेको कास्की जिल्लाबाट आफ्नो प्यारो जन्मभूमि परिवार र शुभचिन्तकहरूलाइ छाडी आफ्नो जीवन स्तर उकास्नको लागि देश विदेशमा छरियर रहेका कस्केली दाजुभाइ दिदिबहिनीहरूको एक आपसमा मिलन विन्दु र समन्वयको अभाव खड्कीएको अवस्थामा, आपसी, एकता, सद्भाव, भाइचारा, अपनत्व र सहयोग पुर्याउनुको साथै आफुले हासिल गरेका सिप र जाँगरलाइ जिल्लाको एकिकृत विकासको लागी कृयाशिल रहन विश्वका विभिन्न मुलुकहरूमा कार्यरत कस्केलीहरूले स्थापना गरेका कस्केली समाजहरू लाइ केन्द्रिकृत रूपमा जील्ला सँग जोडी सामाजिक कार्य गर्नका लागी यो सँस्था सक्रिय रहँदै आएको प्रष्ट पार्नु भएको थियो ।

सभाको बन्द सत्रमा कोषाध्यक्ष विकास अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन, महासचिव केदार कुँवरले प्रस्तुत गर्नु भएको सामाजिक प्रतिवेदन, आगामी वर्षको कार्य योजना, गत सेप्टेम्बरमा दुवइमा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनको घोषणा पत्र र बिधानमा संसोधन सुझाव प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । जस अनुसार गत डिसेम्बर २०२४ देखि नोभेम्बर २०२५ सम्म कास्कीमा करिब पाँच लाखको आर्थिक सहयोग हस्तान्तरण भएको, समाजले सुचारू गरेको शैक्षिक छात्रवृत्ति कार्यक्रमलाइ थप प्रभावकारी बनाउनुका साथै कास्कीको सभ्यता संरक्षणका लागि संरक्षक डा. सुन्दर पौडेलले प्रस्ताव गर्नु भएको सामुहिक होम स्टे संचालन प्रस्तावहरू रहेका थियँ ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरू विभिन्न राष्ट्रिय समितिका अध्यक्ष एवम् प्रतिनिधिहरूले प्रवासको बसाइमा विविध कारणवश समस्यामा परेका कस्केलीहरूको हरेक समस्या समाधान तथा सहजिकरणका लागि आफु रहेको देशमा समाज सारथी बनेको विषय बताउँदै वर्तमान परिषद कार्यसमितीले हरेक राष्ट्रिय समितीहरू सँग समन्वयकारी रूपमा खेलेको भुमिकाहरूका बारेमा खुलेर प्रशंसा गरेका थिय ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी सभासद मा. गुरूङ ले प्रवासमा रहेका कस्केलीहरूले जन्मभुमि र देशविदेशमा रहेका कस्केलीहरूको हितार्थ परिषद को सक्रियताका बारेमा विभिन्न श्रोतबाट जानकारि पाय भन्दा बढि आफु परिषदको यस कार्यक्रममा उपस्थित भए पछि नजिकबाट बुझ्न र अनुभव लिन पायको कुरा व्यक्त गर्दै, विश्वका हर कुनामा रहेका कस्केलीहरू बिच समन्वय गर्दै समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण, समन्वय गर्दै जिल्लामा सहि सुचना प्रदान गर्नमा उल्लेख्य भूमिका खेलेको विषय बताउँदै परिषदमा सक्रिय सबै राष्ट्रिय समितिहरू सँग सहकार्य गरि यति धेरै सँस्था आबद्द गराएर एक द्दार प्रणालीबाट सामाजिक सेवामा सक्रिय रहँदा अभियान प्रभावकारी बनाउनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिएको कुरा व्यक्त गर्दै समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका लागि कामना गर्नु भएको थियो ।

समारोह समापन मन्तव्यका क्रममा सभाध्यक्ष बानिया ले, परिषदको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्वको टिम सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै सहयोगी सबैमा आभार व्यक्त गर्नुभएको थियो । बानियाको नेतृत्वमा रहेको कार्यसमितिले विभिन्न सेवाका कामहरू अत्यन्तै सक्रियताका साथ सम्पन्न गरेको छ, देश विदेशमा आपदविपदमा परेका कसकेलीहरूको सहयोग सहित कास्कीको विकासका उदेश्यले एतिहासिक अन्तराष्टिय विश्व सम्मेलनको सफल आयोजना गरि परिषदको कार्यालय निर्माणका लागि महत्वपुर्ण पहलकदमी गरेको छ, समाजको वेभसाइट निर्माण गरेको छ भने, विभिन्न राष्ट्रहरूमा समिति विस्तारलाइ तिव्रता प्रदान गरेको छ।

प्रतिक्रिया

भर्खरै