पोखराको राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखराको राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

rastriya-mavi-scaled

पोखरा । कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना व्यक्ति र एउटा निजी विद्यालयविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।सामुदायिक विद्यालयको भवन कानून विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ काे पुरानो टुँडिखेलको झन्डै ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणा, पोखरा महानगरपालिका–१ वडाध्यक्ष शाहारा प्रधानलगायत सदस्यहरूका साथै निजी बोर्डिङ स्कूल सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कूललाई भाडामा दिएको पाइएको अख्तियारको दाबी छ ।

पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गराउन भएको निवेदनपछि पनि अटेर गरी १५ लाख २९ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ । अख्तियारले हरेक व्यक्तिविरुद्ध १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गरेको छ ।

प्रतिक्रिया