काठमाडाै । निर्वाचनको अघिल्लो दिन र भोलीपल्ट समेत सार्वजनिक बिदा दिन नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ।
निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकलाई सहज हुने साथै नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन सक्ने प्रतिष्ठानकाे भनाइ छ । मन्त्रिपरिषदको निर्णयमार्फत् आवश्यक नीतिगत प्रबन्ध गरी निर्वाचन प्रयोजनार्थ कम्तीमा तीन दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले सिफारिस गरेको छ।
निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरु (म्यादी प्रहरी समेत), निजामती कर्मचारी, शिक्षक सहितका सबै कर्मचारीलाई आफू खटिएकै निर्वाचन केन्द्र/बुथबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतदान प्रक्रियामा सहभागी गराउन सुझाव दिएको छ। प्रतिनिधि सभा निर्वाचन आउँदो फागुन २१ गते हुने छ।