एमालेले पोखरामा गर्‍यो मोटरसाइकल र्‍याली प्रदर्शन

एमालेले पोखरामा गर्‍यो मोटरसाइकल र्‍याली प्रदर्शन

rally-pkr.main-pic

पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी, कास्कीले पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । जेनजी आन्दोलनपछि दाङलगायत देशका विभिन्न स्थानमा गरिएको र्‍यालीको निरन्तरता स्वरूप कास्कीमा पनि र्‍याली निकालिएको एमालेले जनाएको छ ।

पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताको साथै जेनजी प्रदर्शन क्रममा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध मोटरसाइकल र्‍याली निकालिएको जनाए ।

र्‍यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगतबहादुर विश्वकर्मा, पोलिट्ब्युरो सदस्य एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतलगायत पार्टीका जिल्ला नेताहरूका साथै युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरूको सहभागिता थियो ।

प्रतिक्रिया

भर्खरै