प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै

प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै

shusila karki

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीले आज  छलफल गर्ने भएकी छन्। अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन्। बैठकमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पाण्डे काठमाडाैं पुगिसकेका छन् ।

प्रतिक्रिया