सरकार, दल र जेनजीका प्रतिनिधिबीच आज छलफल हुँदै

सरकार, दल र जेनजीका प्रतिनिधिबीच आज छलफल हुँदै

Nepal Sarkar

काठमाडौं ।  सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच  आज त्रिपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ । बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगूवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया