आज राति पृथ्वी राजमार्गको आँपुखैरनी सडक २ घण्टा बन्द हुने

आज राति पृथ्वी राजमार्गको आँपुखैरनी सडक २ घण्टा बन्द हुने

prithivi highway

तनहुँ । पहिरो पन्छाउनु पर्ने कारण आज राति  पृथ्वीराजमार्गको  आबुखैरेनी सडक खण्ड २ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, तनहुँद्वारा जारी सूचना अनुसार आबुखैरेनी गाउँपालिका- ४, साखरमा पहिरो पन्छाउनका निम्ति आज राति १२ देखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासनको निर्देशनबमोजिम उक्त रुटमा चल्ने लामो तथा छोटो दूरीका सवारीलाई विभिन्न माध्यमबाट सडक बन्द हुने पूर्वसूचना गरिएको इलाका प्रहरी कार्यालय, आबुखैरेनीका इन्स्पेक्टर प्रदीप सुवेदीले बताए ।

मुग्लिङबाट त्यसतर्फ जाने सवारी साधनलाई २ घण्टासम्म त्यहीँ होल्ड गरिने उनले बताए । अर्कोतर्फबाट आउने सवारी साधनलाई साखरभन्दा वरै रोकिने भएको छ ।

प्रतिक्रिया