कास्कीमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ, नगद ३ लाख बरामद

कास्कीमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ, नगद ३ लाख बरामद

juwade

पोखरा। कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले पछिल्ला दिनहरूमा निगरानी र छापा अभियान तीव्र पारेको छ । सोही क्रममा मिति २०८२ साल कार्तिक ४ गते साँझ करिब ४:३० बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१६, माथिल्लो दीपस्थित एक स्थानमा जुवातास खेलिरहेका ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूबाट ४ बुक तास र नगद रु. २,९५,६७५ (दुई लाख पञ्चानब्बे हजार छ सय पचहत्तर रुपैयाँ) बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि विभिन्न स्थानमा गरिएको अभियानअन्तर्गत हालसम्म जम्मा २७ जना व्यक्तिहरूलाई पक्राउ गरी नगद रु. ८,९७,७८० (आठ लाख सत्तानब्बे हजार सात सय अस्सी रुपैयाँ) बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै