धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई युवक पोखरामा पक्राउ

धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई युवक पोखरामा पक्राउ

१११

पोखरा  । धारिलो हतियार देखाई जर्मन नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ असोज २ गते बिहान करिब ९ बजेर १० मिनेटतिर पोखरा महानगरपालिका–२२ अनदु जंगलको सार्वजनिक स्थानमा जर्मनीका ६७ वर्षीय एन्स पिटर मार्टिन (ANS PETER MARTIN) एक्लै हिँडिरहेको अवस्थामा दुई जनाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेका थिए।

घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तत्कालै घटनामा संलग्न दुई जनालाई धारिलो हतियार (खुकुरी) सहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बि.क. र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्। उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा कास्की जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै