पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ

पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ

२२

पोखरा । लागू औषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१७ घारीपाटनका २५ वर्षीय नवराज चापागाई  पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मिति २०८२ असोज १ गते राति करिब ९ बजेर २५ मिनेटतिर घारीपाटन क्षेत्रमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो।

थापाको शरीर तथा साथमा रहेका सामान खानतलासी गर्दा तीनवटा स–साना पुरियामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि उनको घर तलासी गर्दा हेल्मेट र पहेँलो रंगको बट्टामा लुकाइराखिएका थप १३ वटा स–साना पुरिया समेत बरामद गरिएको हो।

जम्मा ०.९२ ग्राम ब्राउनसुगर, नगद रु. ९४ हजार ५ सय र दुईवटा मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका थापामाथि कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै