नारायणगढ–मुग्लिन सडक अनिश्चितकालीन बन्द, जोखिम मूल्याङ्कनपछि मात्रै खोलिने

नारायणगढ–मुग्लिन सडक अनिश्चितकालीन बन्द, जोखिम मूल्याङ्कनपछि मात्रै खोलिने

muglin-pahiro-1024×598

फाइल तस्बिर ।

काठमाडौँ ।नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । चितवनको तुइन खोला आसपासमा निरन्तर ढुंगा खस्ने र पहिरो जाने क्रम नरोकेकाले अर्को सूचना नआएसम्म सवारी सञ्चालन रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले पहिरो पन्छाउन समेत सम्भव नभएकाले सडक बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले भारी वर्षा अझै जारी रहने सम्भावना भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सडक रोकिएको जानकारी दिए ।

यसअघि असोजको पहिलो सातामा पनि यही खण्डको तुइन खोलामा पहिरो जाँदा ३६ घण्टा सडक अबरुद्ध भएको थियो ।

यता, मुग्लिन–नागढुंगा सडकखण्डमा भने जवाङ खोलामा खसेको पहिरो हटाइएपछि सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । उक्त स्थानमा आज बिहान ५:५५ बजे पहिरो खसेको भए पनि हाल बाटो खुलिसकेको छ ।

प्रतिक्रिया

भर्खरै