कास्कीमा ‘चाडपर्व विशेष सुरक्षा योजनामा ९२३ प्रहरी परिचालन

कास्कीमा ‘चाडपर्व विशेष सुरक्षा योजनामा ९२३ प्रहरी परिचालन

Kaski-Police-DPO

पोखरा । चाडपर्वको समयमा शान्ति सुरक्षा मजबुत बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ। यस योजनाअनुसार जिल्लाभर ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।

सुरक्षा योजनामा चोरी, डकैती, लुटपाट तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाउने, जुवा–तास खेल्ने तथा खेलाउने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने प्रमुख उद्देश्य रहेको छ।

योजनाअनुसार सवारीसाधन चेकजाँच, यात्रुहरुलाई सहयोग, बढी भाडा असुल गर्ने सवारी साधनमाथि कारबाही, क्षमता भन्दा बढी यात्रु चढाउनेलाई रोकथाम, र सवारी दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिइने डिएसपी तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । यसका लागि डगसहितको चेकिङ, पैदल गस्ती, ग्रामीण गस्ती, बजार अनुगमन, एम्बुसिङ, चेकपोइन्ट सञ्चालन र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, यस योजनाले चाडपर्वमा नागरिकलाई शान्ति, सुरक्षा र सहज वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया