एमाले अध्यक्ष केपी ‌ओली सेनाको सुरक्षाबाट बाहिरिनुभयो

एमाले अध्यक्ष केपी ‌ओली सेनाको सुरक्षाबाट बाहिरिनुभयो

kp oli

नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरनुभएको जानकारी दिनुभयो।

उहाँका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुग्नुभएको छ।  भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए।

निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

प्रतिक्रिया