कास्की कारागारमा फर्किए २२३ बन्दी

कास्की कारागारमा फर्किए २२३ बन्दी

kaski

पोखरा।कास्की कारागारबाट निस्किएका कैदीबन्दी र बालसुधार गृहका बालकहरु फर्कन थालेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकारीले कारागार र सुधार गृहमा आक्रमण गर्न थालेपछि कैदीबन्दी र बालकहरु आफू बस्दै आएको ठाउँबाट सुरक्षित स्थानमा गएका थिए ।

उनीहरु शुक्रबारदेखि नै कारागारको सम्पर्कमा आउन थालेको कास्की कारागारले जनाएको छ । कारागारमा सरसफाइसहित अन्य व्यवस्थापन भएपछि आइतबार साँझसम्म २ सय २३ कैदीबन्दी कारागार फर्किएको कारागारका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

अहिलेसम्म ८ महिला, १ आश्रित नाबालकसहित २ सय २३ जना आइसकेकाे कुँवरले बताए । कारागारमा १७ जना विदेशी थिए । जसमा ४ जना तेस्रो मुलुकका अनि बाँकी भारतीय थिए । तीमध्ये १ जना भारतीय मात्र आएका छन् । कारागारमा सरसफाइ र केही व्यवस्थापनका काम भइसकेको उनले बताए । मंगलबार राति आन्दोलनकारीले तोडफोडसहित कैदीबन्दीलाई निकालेर कारागार खाली गराएका थिए । कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । अहिले पोखराको जनजीवन सामान्य हुँदै गएको छ ।

प्रतिक्रिया