सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

Sabita-Bhandari-Advocate

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा सिफारिस गरेकी छन्। राष्ट्रपति समक्ष गरिएको सिफारिस स्वीकृत भएसँगै सविता नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा सविता भण्डारी महान्यायाधिवक्ता ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सबिता यसअघिका महान्यायाधिवक्ता केशव बडालको राजीनामापछि सिफारिस भएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरिसकेका छन्।

प्रधानमन्त्री कार्कीले आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारी समेत गरेकी छिन्। प्रधानमन्त्री बनेपछि उनले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते नयाँ निर्वाचनको घोषणा गरिसकेकी छिन्।

प्रतिक्रिया