कास्कीका निजी विद्यालय भदौ २७ गते सम्म बन्द रहने 

कास्कीका निजी विद्यालय भदौ २७ गते सम्म बन्द रहने 

school-building

पोखरा । जेनजीको आन्दोलन र असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै कास्की जिल्लाका सबै संस्थागत विद्यालयहरू  भोलि  २७ गते सम्म बन्द गर्ने निर्णय गरिएको छ।

सार्वजनिक यातायात ठप्प, बजार बन्द र सुरक्षासम्बन्धी अनिश्चित अवस्थाका कारण यस्तो निर्णय गरिएको हो। निजी विद्यालयका संस्थाहरु मन्टेश्वरी एसोसिएसन कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

विद्यालयहरूले पठनपाठनमा परेको नोक्सानीलाई न्यून बनाउनको लागि अवस्था सामान्य भएपछि विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै  अभिभावक, शिक्षा प्रशासन, नागरिक समाज र सरोकारवालासँग पनि छलफल गर्ने बताइएको छ। साथै, विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन अभिभावकलाई अपील गरिएको छ। २४ गतेदेखि विद्यालय बन्द रहेका छन् ।

प्रतिक्रिया

भर्खरै