पाेखरामा बिहान १० देखि ५ बजेसम्म निषेध आज्ञा

पाेखरामा बिहान १० देखि ५ बजेसम्म निषेध आज्ञा

दिउँसोको अवस्थालाई विश्लेषण गरेर साँझ मात्रै रातिको कर्फ्यु बारे निर्णय गरिने

cdo-office-kaski

फाइल तस्बिर ।

पोखरा । जेनजीको आन्दोलनपछिको विषय परिस्थितिलाई ध्यानमा राखेर कास्कीमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध आज्ञा जारी गरिएको छ ।

नागरिकको जनधनको सुरक्षलाई ध्यानमा राखेर कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नेपालय नेटर्वकलाई बताए ।“आज दिउँसोको अवस्थालाई हेरेर राति कफ्र्यु लगाउने कि नलगाउने बारेमा साँझ निर्णय हुनेछ,”उनले भने,‘कास्कीमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेध आज्ञा जारी गरिएको छ ।”

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नु हुनेछ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नुहुने नेपाली सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । जेनजी आन्दाेलन हिम्सात्मक बनेपछि कास्कीका अधिकांश सरकारी कार्यालय, निजी घर, हाेटल, व्यापारिक भवन लगायतमा आगजनी र तोडफोड भएको थियाे ।

प्रतिक्रिया

भर्खरै