एमाले कास्की पार्टी कार्यालयमा आगजनी

एमाले कास्की पार्टी कार्यालयमा आगजनी

uml

पोखरा ।  नेकपा एमाले कास्कीको कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले  शान्तिवनमा रहेको कार्यालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका जेनजी समूहले पोखरा महानगरपालिकाको कार्यालय, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, पोखराका मेयर धनराज आचार्यको घर, पोखरा इभेन्ट सेन्टर लगायत संरचनामा आगजनी र तोडफोड गरेका छन् ।

अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

प्रतिक्रिया