मंगलबार, २४ भदौ २०८२
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् ।
अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।