आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी

आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी

aagjani

पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् ।

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् ।

उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको छ । महानगरअघि हजारौंको संख्यामा आन्दोलनकारी छन् । कर्मचारीका सवारी सधानमा पनि आगजनी गरिएको हो ।

प्रतिक्रिया