जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी

जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी

cdo-office-kaski

पोखरा । जेन जीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेन जी प्रदर्शनकारीले हिजो सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको कर्फ्यु आदेश

प्रतिक्रिया