पोखरामा आज निजी विद्यालय बन्द रहने

पोखरामा आज निजी विद्यालय बन्द रहने

Pokhara

पोखरा  ।  जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा विद्यार्थी र युवाको मृत्यु भएपछि कास्कीका निजी विद्यालयहरूले मंगलबार एक दिन  बिदा दिने निर्णय गरेका छन् । प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले सोमबार प्रदर्शनका कारण विद्यार्थी र अभिभावक दुबै प्रभावित भएकाले मंगलबार कक्षा १ देखि १२ र मन्टेसरीसम्मका सबै निजी विद्यालय बन्द रहने जानकारी दिए । गौतमका अनुसार अर्को दिनदेखि पनि विद्यालय बन्द राख्ने वा खोल्नेबारे आजै बैठक बसेर टुंगो लगाइनेछ ।

यस्तै, निजी क्षेत्रका प्रमुख शैक्षिक संगठनहरूले भने दुई दिनको शोक विदा घोषणा गरेका छन् । एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते देशभरका विद्यालय बन्द रहने र दिवंगत विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गरिने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीको ज्यान जानु दुःखद भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, यस घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको भन्दै संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया