आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 

आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 

Zen-Z-protest

काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार सरकारलाई सामाजिक सञ्जाल बन्द गरेकोमा कुनै पश्चाताप छैन । तर यही विषयलाई आधार बनाएर आन्दोलन चर्किएपछि निर्णय फिर्ता लिनु परेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित सञ्जालहरूमध्ये ‘एक्स’ ले नेपालको राष्ट्रिय स्वाभिमानलाई अवमूल्यन गर्ने गरी जवाफ फर्काएको बताएका थिए । मन्त्रीहरूलाई ब्रिफिङ गर्दै उनले भने, “डेढ वर्षदेखि हामीले दर्ता गर्न र नेपालको कानुन मान्न आग्रह गर्दै आएका थियौं, तर उनीहरूले स्वीकारेनन् । यो राष्ट्रलाई हेप्ने शैली हो, अपमान गर्ने तरिका हो ।”

गत १९ भदौमा मन्त्रालयस्तरको निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गरिएको थियो । तर, प्रतिबन्धविरुद्ध देशभर विरोध बढ्दै गएपछि सरकारलाई पछि हट्नुपरेको हो । आइतबार मात्र काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको प्रदर्शनले परिस्थिती झनै संवेदनशील बनेको थियो ।

प्रतिक्रिया