पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ अौ साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले अहिले अवस्थामा
सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले चापापानी सहकारीको वितिय अवस्था हेर्दा सहकारी निकै मजबुत रहेको बताए ।
कार्यक्रमा बिशेष अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नुपर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए । सहकारीका अध्यक्ष दिपक कार्कीले अहिलेको विषम परिस्थितिमा विभिन्न सहकारीहरूले साधारणसभा समेत गर्न नसकिरहेको अवस्थामा चापापानी सिद्वार्थ सहकारीले आफ्ना शेयर सदस्यहरूलाई राम्रो मुनाफा दिईरहेको बताए । कार्यक्रममा सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्की पोखरापत्र दैनिकका सह सम्पादक शोभकान्त सिग्देल संस्थाका सल्लाहकार डा. नगेन्द्र भण्डारी लगाएतले बोलेका थिए ।
सहकारीका अध्यक्ष दिपक कार्कीले अध्यक्षको प्रतिवेदन सचिव ईन्दिरा कोइरालाले सचिवको प्रतिवेदन सहकारीकी व्यवस्थापक करूणा शाही कार्कीले सहकारीको वितिय अवस्था ऋण लगानी समितिका संयोजक गुप्त बहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा सयोजक चित्र प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,उत्कृष्ट बचतकर्ता त्यसैगरी शेयर सदस्यका छोरा छोरीहरु मध्य एसईई, प्लस टु मा,स्नातक,स्नातकोत्तर उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो । सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव ईन्दिरा कोइरालाले सन्चालन गरेकी थिइन् ।