पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम

पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम

Screenshot_2025-08-06-14-35-55-86_965bbf4d18d205f782c6b8409c5773a4

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रासम्बन्धी सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई हाम्रो संस्कृति बारे जानकारी दिन र उनीहरुको प्रतिभा प्रस्फुटन गराउन भूमिका खेल्ने बताउनुभयो । संस्थापक निर्देशक रमाकान्त बरालले गाईजात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको बताउँदै विद्यार्थी स्वयम् सक्रिय भई कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो ।

कार्यक्रममा सहप्राचार्य दीपक गिरीले हाम्रो सांस्कृतिक जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउँदै विजयी प्रतियोगीहरुलाई बधाई दिनुभयो । क्वालिटी सर्कलका अध्यक्ष प्रसन्ना पराजुलीको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुविधा लामिछानेले र आरिस्मा श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै