एनआइएमबी बैंक तनहुँ जामुने शाखाको वित्तीय साक्षरता कार्यक्रम

एनआइएमबी बैंक तनहुँ जामुने शाखाको वित्तीय साक्षरता कार्यक्रम

nimb

तनहुँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तनहुँ जामुने शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । तनहुँको म्याग्दे गाँउपालिकामा वित्तीय पहुँच अभिवृद्धि गर्न तथा सुरक्षित, सहज र प्रभावकारी बैकिङ प्रणालीमार्फत जनताको दैनिक जीवन सरल र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

वित्तीय साक्षरता कार्यक्रममा महिला जागरण आमा समूह, म्याग्दे–३, धँयरे र बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था, म्याग्दे–१, गुणादीका शेयर सदस्यहरु लगायत सय जना सहभागी भएका थिए । बुधबार र बिहीबार भएको कार्यक्रममा बैंकका जामुने शाखाका शाखा प्रबन्धक विश्वराज पौडेल र सहायक कर्मचारी अर्जुन घिमिरेले बैकिङ सेवा तथा डिजिटल बैकिङ जनचेतनामा सहजीकरण गरेका थिए ।

कार्यक्रममा महिला जागरण आमा समूहको अध्यक्ष, सरला तिमिल्सेना घिमिरे र बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कमला खनालले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम फलदायी भएको बताउँदै बैंकप्रति आभार व्यक्त गरेका थिए । साक्षरता कार्यक्रममा बैंकिङ सेवाको सम्पूर्ण जानकारी गराइएको शाखा प्रबन्धक पौडेलले बताए ।

प्रतिक्रिया

भर्खरै