भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्था पाेखरा १२ को वृक्षरोपण कार्यक्रम

भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्था पाेखरा १२ को वृक्षरोपण कार्यक्रम

07b6144d-8333-4a5e-ba0f-8679fc17d0a8

पोखरा । २१२ औं भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्थाको आयोजनामा आइतबार पाेखरा १२ मा वृक्षरोपण कार्यक्रम गरिएको छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष इन्दिरा भण्डारी कोइरालाको अध्यक्षतामा भएको हो । कार्यक्रमको उद्घाटन वडाध्यक्ष बास्तोलाले गरे ।

सो अवसरमा वडा १२ का सदस्यहरु शान्ति कोइराला, शान्तबहादुर थापा, गोमा परिवार, कार्यक्रम संयोजक शारदा कोइराला, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु शम्भुराज बास्तोला, बस्तराज कोइराला, कृष्णप्रसाद कोइराला, शिवप्रसाद कोइराला, भीमदेव शर्मा, लक्ष्मी कोइराला, निवर्तमान अध्यक्ष लक्ष्मी कोइराला भुन्टेमार्ग टोलका अध्यक्ष हिमाल शर्मा, सोही टोलकी समाजसेवी गंगा कार्की, अनिता पोख्रेललगायत संस्थाका सम्पूर्ण सदस्यहरु वृक्षरोपणमा सहभागी भएका थिए ।

प्रतिक्रिया

भर्खरै