पोखरा ।कास्की प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा दुई छुट्टाछुट्टै स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पहिलो घटना पोखरा महानगरपालिका वडा नं. १० स्थित रक्षामार्गमा घटेको हो । प्रहरी टोलीले छापा मार्दा ९ जना व्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारिएको थियो। उनीहरूको साथबाट नगद रु. २,२२,०८० र ४ बुक तास बरामद गरिएको छ।
पक्राउ परेकाहरूमा रहेका छन्:
१) ई.प्रसाद छन्त्याल (३८), लामाचौर
२) हेम नारायण गर्बुजा (३९), फुलबारी
३) लिल प्रसाद गुरुङ (४१), माटेपानी
४) टेक बहादुर गुरुङ (५१), सैनीक बस्ती
५) रेनु गर्बुजा (३४), वडा नं. १६
६) दिपा पुन (३४), न्युरोड
७) जेनिषा पुन (३२), नयाँगाउँ
८) पुष्पा पुन (३७), चाउथे
९) दल बहादुर पुन (३९), रक्षामार्ग
पोखरा महानगरपालिका वडा नं. १५ स्थित घलेचोकमा घटेको हो, जहाँ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। त्यहाँबाट प्रहरीले रु. १,९०,९८५ नगद र ४ बुक तास बरामद गरेको छ।
त्यस ठाउँबाट पक्राउ पर्नेहरू:
१) चन्द्र बहादुर पुन (३४), वडा नं. १०
२) कल्पना उर्फ टिकामाया आले (४४), रंगशाला
३) बिष्णु थापा (३७), काजिपोखरी
४) सोनी गुरुङ (४२), लक्ष्मीटोल
५) हिमाल गुरुङ (४२), घलेचोक
६) केश कुमारी गुरुङ (४५), लामाचौर
७) टोप बहादुर थापा (५१), काजिपोखरी
८) बलराम गुरुङ (६७), मितेरीटोल
पक्राउ परेका सबैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विपरीतको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।