पोखरा । पोखरामा शनिबार भएको ५ किमी दौडमा समाधान दैनिकका दीलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङ पहिलो बनेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पुरा गरी पहिलो बनेका हुन् ।
प्रतियोगितामा पुरूषतर्फ गोल नेपालका अर्जुन हिताङ दोस्रो भए । उनले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे भने समधान दैनिकका भिमपाणी बराल २३ मिनेट ३०.२६ सेकेण्डमा दौड पुरा गरी तेस्रो भएका छन् । पुरुषतर्फ पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगरले पाँचौ स्थान हात पारे ।
यसै गरी महिलातर्फ कास्की पत्रकार महासंघकी उपाध्यक्ष कन्चन थापा कोइराला दोस्रो, प्राइम टिभीकी सम्वदादाता अनिता घिमिरि तेस्रो तथा मयुर टाइम्सकी प्रशन्ना मानन्धरले चौथो स्थान हात पारिन् । त्यसै गरी नियमित छात्र/छात्रा ५ किमि मासिक दौड अन्तर्गत छोरेपाटन माविका तिल बहादुर परियार, प्रकाश थिङ र आयुश सुनार क्रमश पहिलो, दोस्रो र तेस्रो बने भने विष्णु पादुकाका विष्णु परियार चौथो र बराह माविका सुमन ढुङ्गाना पाँचौ भए । ५ किमि छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी पहिलो, श्रीकृष्ण माविकी स्मृती विक दोस्रो, अमर सिंह माविकी एलिना कार्की तेस्रो र सेन्ट मेरिजकी उपासना जोइ गुरूङ चौथो भए ।
प्रतियोगितामा विजेताहरुलाई अग्रज पत्रकार नारायण कार्की, बद्रि विनोद प्रतिक, कृष्ण प्रसाद बास्तोला मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । प्रतियोगितामा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना तथा छात्र/छात्रातर्फ करिव २ सय जनाले सहभागिता जनाएका थिए ।