पोखरा ।
पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले दान वहादुर बस्नेतको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पुजा कार्की महासचिवमा भोजराज सुवेदी सचिवमा रसोधा बराल कोषाध्यक्षमा बुद्व कार्की रहेका छन् भने सदस्यहरुमा कमला कार्की ,राजु गुरुङ,सुरेन्द्र गुरूङ र रिविका थापामगर रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालकिा १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाले टोलको विकासमा टोलका सदस्यहरुनै जागरुक भएर योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै वास्तोलाले टोल सुधार समितिले महिला, बालबालिका, युवा, जेष्ठ नागरिकहरुको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा टोल विकास संस्थाका पुर्व अध्यक्ष टीका वहादुर कार्कीले टोलबासी एक जुट भए मात्र विकास सम्भव हुने बताउदै आफ्नो टोलको विकासका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताए।