पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा शहरी स्वास्थ्य प्रवर्द्वन केन्द्र पोखरा ८ को सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जना लाभान्वित भएका छन् ।
बुद्व विशाल बजारमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा व्यवसायीहरू,कर्मचारीहरूलाई उच्च रक्तचाप, मधुमेह,मोटोपन तथा मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निशुल्क आवश्यक अौषधिहरू समेत वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा पुर्व अध्यक्ष केशव वहादुर खत्रीले स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर एशोसियसनले निशुल्क स्वास्थ्य शिविर राखेकोमा एशोसियसनलाई धन्यवाद दिदै खत्रीले व्यवसायीको हितका लागि आगामि दिनहरूमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रमहरू गर्नको लागि एशोसियसनलाई अनुरोध गरे ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले व्यवसायीको स्वास्थ्यलाई मध्यनजर गरी शिविर कार्यक्रम गरिएको बताउदै यसअघि समेत एशोसियसनले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष बुद्वि वहादुर कुँवरले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा गरिएको यो स्वास्थ्य शिविर आगामी दिनहरूमा अझ व्यवस्थित किसिमले गरिने बताए ।
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका डा.विशाल सुवेदीले विभिन्न रोगहरू लाग्नबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
शहरि स्वास्थ्य प्रवर्द्धन केन्द्रका सिनियर स्वास्थ्यकर्मी बैजनाथ प्रसाद गुप्ताले आगामी दिनहरूमा पनि बुद्व विशाल बजार व्यापारिक एशोसियसन र शहरि स्वाथ्य प्रवर्द्धन केन्द्रले सहकार्य गरेर यस्ता कार्यक्रमहरू गरिने बताए ।
कार्यक्रम बुद्व विशाल बजार व्यापारिक एशोसियसनका महासचिव राजु केसीले सन्चालन गरेका थिए । शिविरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट संस्था प्रमुख कुश्मराज सुवेदी सहित १२ जनाको टोलिले सेवा दिएको थियो ।