पोखरामा आपराधिक विश्वासघात तथा एक्सर्टसन मुद्दामा ३ जना पक्राउ

पोखरामा आपराधिक विश्वासघात तथा एक्सर्टसन मुद्दामा ३ जना पक्राउ

Untitled-1

पोखरा ।  पोखरा महानगरपालिका वडा नं. ४ स्थित एक सुनचाँदी पसलका सञ्चालकसँग जबर्जस्ती रकम असुली गर्ने नियतले योजना बनाई धाकधम्की दिएको आरोपमा तीन जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि आपाराधिक विश्वासघात तथा आपराधिक लाभ (Extortion) सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार, सोही पसलमा काम गर्ने मरियम राई नामकी महिलाले पसल सञ्चालकमाथि यौन दुर्व्यवहारको झुटो आरोप लगाउँदै आफ्ना दुई जना पुरुष साथीहरू देव लिम्बु र टेकबहादुर सुवेदीलाई मोरङ र संखुवासभाबाट पोखरा बोलाएकी थिइन्।

तीनैजना मिलेर पसल सञ्चालककी श्रीमतीलाई पोखरा–६, लेकसाइडस्थित एक होटलमा एक सातासम्म राखी ‘श्रीमानमाथि यौन दुर्व्यवहारको मुद्दा हाल्ने’ भन्दै डरत्रास देखाई र ५० लाख माग गरेका थिए। साथै, ‘जिन्दगीभर पुग्ने धनसम्पत्ति, घर, व्यवसायको व्यवस्था गरिदिनु’ भन्ने धाकधम्की समेत दिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिहरू:
१. मरियम राई – उमेर २७ वर्ष, बसोबास: पोखरा म.न.पा. वडा नं. १५, टुटुङ्गा
२. देव लिम्बु – उमेर ३८ वर्ष, घर: मोरङ, विराटनगर चोक
३. टेकबहादुर सुवेदी – उमेर ४० वर्ष, घर: संखुवासभा, सभापोखरी गाउँपालिका–२

पक्राउ परेका व्यक्तिबाट बरामद सामग्रीहरू:

  • मोबाइल फोन – ३ थान

  • बार्गेनिङको अडियो रेकर्ड भएको पेनड्राइभ – १ थान

  • एक्सर्टसनसँग सम्बन्धित अन्य कागजातहरू

घटनाबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया